कीवर्डहरू -

बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम दिइने 

बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम दिइने 

सरकारले बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम प्रदान गर्ने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरूसँगको सहकार्यमा बिजनेस इन्क्युबेसन सेन्टरमार्फत १० हजार युवालाई उद्यमशीलता तालिम प्रदान गरिने शर्माले बताए ।

यसका लागि सरकारले सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गर्नेछ ।