कीवर्डहरू -

संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने

संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने

सरकारले संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयन गरी पहिलो चरणमा संघीय मन्त्रालयहरूलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने बताए ।

त्यस्तै सूचना महामार्ग, डाटा सेन्टर, इन्टरनेट एक्सचेन्ज सेन्टर, अनलाइन सेवा र विद्युतीय भुक्तानीसम्बन्धि सूचना प्रविधि पूर्वाधार विकास गर्न बजेट विनियोजन गरेको शर्माले जानकारी दिए ।