कीवर्डहरू -

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने मेयर बालेनको पहिलो निर्णय, आज बस्ने बैठक लाइभ हुने

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने मेयर बालेनको पहिलो निर्णय, आज बस्ने बैठक लाइभ हुने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

राष्ट्रिय सभागृहमा मेयर पदको सपथ लिएर पदभार ग्रहण गर्दै साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

नगरकार्यपालिकाको बैठक सोमबार ४ बजे बोलाइएको छ । आजै उक्त बैठक प्रत्यक्ष प्रसारण हुनेछ । यसअघि नै साहले आफ्नो घोषणापत्रमा आफुले जिते नगरकार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रतिबद्धता जनाएका थिए ।