कीवर्डहरू -

इन्टरनेटमा कर कटौतीः अब इन्टरनेट शुल्क लगभग १७ रूपैयाँ सस्तो हुने

इन्टरनेटमा कर कटौतीः अब इन्टरनेट शुल्क लगभग १७ रूपैयाँ सस्तो हुने

इन्टरनेटको शुल्क १७ रूपैयाँ मात्रै घट्न सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले एक विज्ञप्ती जारी गर्दै बजेटबाट दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाउने घोषणा भएअनुसार १७ रूपैयाँले इन्टरनेट शुल्क कम हुन सक्ने जानकारी दिएको हो ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आइतबार सरकारले दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत कटौती गरिएको घोषणा गरेको थियो ।

एक नमुनासहित जारी गरिएको विज्ञप्तीमा परिवर्तित कर अनुसार १६ रूपैयाँ ९५ पैसा अर्थात लगभग १७ रूपैयाँ कम हुन सक्ने बताइएको छ । यसअघि ६५ रूपैयाँ दूरसञ्चार सेवा लाग्दै आएकोमा नयाँ कर नीति अनुसार ५० रूपैयाँ दूरसञ्चार सेवा शुल्क लाग्ने छ ।

साथै आइस्पानले बजेटमार्फत दूरसञ्चार सेवा शुल्क ३ प्रतिशतले घटाएकोमा सरकारलाई धन्यवाद दिएको छ ।