कीवर्डहरू -

आफ्नो व्यवसायलाई डिजिटल बनाउने एप ‘कारोबार’, अफलाइनमा पनि प्रयोग गर्न सकिने 

आफ्नो व्यवसायलाई डिजिटल बनाउने एप ‘कारोबार’, अफलाइनमा पनि प्रयोग गर्न सकिने 

बाईट केयर टेक्नोलोजीले मेरो कारोबार एपलाई रिब्रान्डिङ गरेको छ । नयाँ सुविधा थप गर्दै कम्पनीले मेरो कारोबार एपलाई कारोबार एपमा रिब्रान्डिङ गरेको हो ।

‘डिजिटल नेपाल, डिजिटल कारोबार’ नारासहित सार्वजनिक भएको कारोबार एप निःशुल्क प्रयोग गर्न सकिन्छ । यसबाट निःशुल्क रूपमा हिसाब किताब लगायत अकाउन्टिङ कामहरू गर्न सकिन्छ ।

एपबाट १ लाख बढी नेपाली व्यवसायहरूलाई डिजिटल बनाउने लक्ष्य लिएको बाईट केयर टेक्नोलोजीका संस्थापक समिर फुँयालले बताए ।

कारोबार एपमा खरिद बिक्रीको रेकर्ड, स्टक म्यानेज, एक्सेलबाट डाटा इम्पोर्ट, एप लक, इनभ्वाइस, पार्टीहरू म्यानेज, आम्दानी र खर्च रेकर्ड लगायतका सुविधा छन् ।

कारोबार एप गूगल प्लेट स्टोर र एप्पल एप स्टोरमा उपलब्ध रहेको छ । हासम्म कारोबार एप २५ हजारभन्दा बढी डाउनलोड भइसकेको छ ।

कारोबार एप अनलाइन र अफलाइन दुवै माध्यमबाट प्रयोग गर्न सकिन्छ । अहिले  २४ हजार बढी व्यवसायीले कारोबार एप प्रयोग गरिरहेका छन् ।