कीवर्डहरू -

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने जनाइएको छ ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् ।

त्यस्तै नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुने बैंकले जनाएको छ ।