कीवर्डहरू -

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।

च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।

म्युजिक नेपाल च्यानलमा नेपाली गीत संगीतहरू राखिदै आएको छ । पछिल्लो समय नेपाली युट्युब च्यानलहरू ह्याक भइरहेका छन् ।

केही समय अगाडि ओएसआर नेपाल, बुढासुब्बा डिजिटल, भिटेन, सगरमाथा टिभीको समेत युट्युब च्यानल ह्याक भएको थियो ।