कीवर्डहरू -

विद्युतीय फोहोर व्यवस्थापन बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

विद्युतीय फोहोर व्यवस्थापन बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘ई–वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट’ विषयमा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पोलिमर इन्स्टिच्युट, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा जेष्ठ २० गते शुक्रबार पोखरामा आयोजना भएको विद्युतीय फोहोर व्वयस्थापन सम्बन्धि एक दिने अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजेसम्म कुटी २ रिसोर्ट एण्ड स्पा लेकसाईड पोखरामा सञ्चालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री दिपक थापा, विशिष्ट अतिथिको रूपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व मन्त्री गनेश शाह, नास्टका उपकुलपति सुनिल बाबु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ई–वेस्ट व्यवस्थापन, सात ओटा आर (रिसाइकल, रिफ्युज, रिड्युस, रियुज, रिपियर, रिगिफ्ट र रिकभर) को अभ्यास र ई–वेस्ट उत्पादकको भूमिकाबारे जनचेतना फैलाउनलाई यो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्युतीय फोहोरले मानव स्वास्थ्यमा गर्ने असर र पुनः प्रयोग बारे २ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

उक्त कार्यक्रममा ‘ई-वेस्ट म्यानेजमेन्ट एण्ड रिफर्बिस्मेन्ट’ विषयमा प्यानल डिसकसन सेसन समेत आयोजना भएको छ ।

प्यानल सेसनमा वक्ताको रूपमा इन्टरनेट सेवा प्रदायक संघ नेपालका सीओई सुभास खड्का, मोबाइल डिस्ट्रीब्युटर एसोसिएसनका अध्यक्ष दिनेश चुलेदो, क्यान महासंघकी पूर्वउपाध्यक्ष सुनैना पाण्डे, नेपाल टेलिकमका प्रक्क्षेत थापा, लोकल वेस्ट म्यानेजमेन्ट र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सहभागी रहेका थिए ।