कीवर्डहरू -

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ रिफर एन्ड अर्न अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको रिफर कोड आफ्नो साथी–भाइ माझ शेयर सक्नेछन् ।

प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ भने प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे एपको रिफर फ्रेन्ड भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ ।

यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास राखेको छ ।