कीवर्डहरू -

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने

राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले धरानमा आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।

आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्न गृहकार्यमा जुटेको मेयर साम्पाङले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनले सन् २०१२ मा स्थापना गरेका हुन् ।

आविष्कार केन्द्रले विज्ञान, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि लगायतका अन्य विविध क्षेत्रमा अनुसन्धान तथा विकासको काम गरिरहेको छ ।