कीवर्डहरू -

रेड्मी नोट ११ नेपालको नम्बर वान  स्मार्टफोनमा भएको दावी

रेड्मी नोट ११ नेपालको नम्बर वान  स्मार्टफोनमा भएको दावी

इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइडले रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा रहेको बताएको दाबी गरेको छ ।

साओमीले पूर्व ७ त्रैमासिकदेखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको कम्पनीले जनाएको छ ।

रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी नाइन ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीको भनाइ छ ।

रेड्मी नोट ११, साओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ ।

यसका साथै साओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्कसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

अहिले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३ हजार भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५ बढी अधिकृत स्टोरहरू स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ ।