कीवर्डहरू -

होटेल सेन्ट्रल प्लाजामा कुमारी बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट

होटेल सेन्ट्रल प्लाजामा कुमारी बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट

कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच एक सम्झौता भएको छ ।

कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो होटलबाट सेवा लिए वापत बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटलको फुड एंड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।