कीवर्डहरू -

कनेक्ट आईपीएसको ‘इलेक्ट्रिफाइङ अफर’, अनलाइन रजिष्टर गर्दा विद्युतीय स्कुटर जित्ने मौका 

कनेक्ट आईपीएसको ‘इलेक्ट्रिफाइङ अफर’, अनलाइन रजिष्टर गर्दा विद्युतीय स्कुटर जित्ने मौका 

कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ ।

यसअफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।

यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् ।

त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने  १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा www.connectips.com वा यसको मोबाइल एप मार्फत रजिष्टर गर्न सक्छन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।

सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्लेटफर्म हो । यसले दैनिक औसत साढे १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छयौंट गर्ने गरेको छ ।