कीवर्डहरू -

लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने, कम्पनीका स्थापनका लागि ५ करोड विनियोजन 

लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने, कम्पनीका स्थापनका लागि ५ करोड विनियोजन 

लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले प्रदेश भित्र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न विद्युतीय बस सञ्चालन गर्ने बताएका हुन् ।

प्रदेश भित्र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न प्रदेश यातायात कम्पनी स्थापना गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

कम्पनीमार्फत प्रदेशका प्रमुख शहर जोड्ने रूटहरूमा विद्युतीय बस सेवा सञ्चालन गरिने बताइएको छ । कम्पनीको शेयर पूँजीका लागि ५ करोड विनियोजन समेत गरिएको छ ।

साथै सार्वजनिक यातायातको भाडा र बुकिङ विद्युतीय माध्यमबाट भुक्तानी हुने गरी क्रमशः नगद रहित बनाउन आवश्यक पहल गरिने बजेटमा उल्लेख गरिएको छ ।