कीवर्डहरू -

लुम्बिनी प्रदेशले डिजिटल ट्रायल सेन्टर निर्माण गर्ने, सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट

लुम्बिनी प्रदेशले डिजिटल ट्रायल सेन्टर निर्माण गर्ने, सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट

लुम्बिनी प्रदेशले डिजिटल ट्रायल सेन्टर निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले यस्तो बताएका हुन् ।

रूपन्देहीको बेलबासमा डिजिटल ट्रायल सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरेको उनले बताए ।

त्यस्तै सवारी सम्बन्धि अभिलेखलाई सफ्टवेयर प्रणालीमा आधारित बनाउन १ करोड रूपैयाँ विनियोजन भएको छ ।