कीवर्डहरू -

नबिल बैंकको क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

नबिल बैंकको क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जारी गरेको छ । यसअघि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम  प्रति कारोबार रु. २०० नगद फिर्ता दिइने जनाइएको । यो योजना आषाढ महिनाभरि लागु हुने बैंकले जनाएको छ ।