कीवर्डहरू -

टेलिकमको सिमबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

टेलिकमको सिमबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई  बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सो विशेष सुविधा दिने गरी असार १ गते सम्झौता भएको छ ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरे ।

सो सम्झौता अनुशार  नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टार गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न डाटाको आवश्यकता नपर्ने बैंकले जनाएको छ ।  यो सुबिधा सिमित समयको लागि प्रदान हुने छ ।