कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू, उपराष्ट्रपतिले गरे उद्धाटन

डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू, उपराष्ट्रपतिले गरे उद्धाटन

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले प्रविधिको प्रयोग गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।

फाउन्डेसनका अध्यक्ष राजन लम्सालको स्वागत मन्त्वयबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि पुनसँगै विशेष अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहेको छ ।

कार्यक्रममा अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विस्ट लगायत अन्य विभिन्न कम्पनीका प्रबन्द निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको छ ।

नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनको विश्लेषण र भावी कदमबारे बहस गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न पाँचवटा थिममा १० बढी सेसनहरु सञ्चालन हुने बताइएको छ । दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० भन्दा धेरै वक्ताको सहभागीता रहेको छ ।