कीवर्डहरू -

आईटी शिक्षामा विश्वविद्यालयको कोटा सिस्टम खारेज गर्नुपर्छः उमेश रघुवंशी 

आईटी शिक्षामा विश्वविद्यालयको कोटा सिस्टम खारेज गर्नुपर्छः उमेश रघुवंशी 

इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आईटी पढ्नका लागि तोकिएको कोटा सिस्टम हटाउनु पर्ने बताएका छन् ।

शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभमा आफ्नो प्रस्तुती दिदै उनले विश्वविद्यालयहरुमा आईटी सिटका लागि राखेको कोटा सिस्टम खारेज गर्नुपर्ने बताएका हुन् ।

‘आईटी इन्डष्ट्रीः पावरिङ द डिजिटल नेपाल’ विषयमा प्रस्तुत दिदै रघुवमशीले आईटी कम्पनीको संख्या ग्रोथ प्रत्येक वर्ष २० प्रतिशतले भईरहेको जानकारी दिए ।

‘नेपालमा प्रत्येक वर्ष ७५ सय नयाँ आईटी ग्राडुएट बजारमा आईरहेको छ,’ उनले भने, ‘नेपालको कुल आयातमा आईसीटीले ५-६ प्रतिशत अर्थात ६६ अर्ब ओगटेको छ ।’

त्यस्तै नेपालका १३ प्रतिशत कमपनीले आईटी सफ्टवेयर निर्यात गरेको आगामी दिनमा अझै बढ्ने उनले आशा व्यक्त गरे ।

नेपालबाट करिब दुईसय मिलियन डलर बराबरको सफ्टवेयर निर्मात भइरहेको  छ । नेपालमा इन्टरनेट, ब्रोडब्याण्ड र मोबाइल प्रयोगकर्ताको संख्या व्यापक वृद्धि भएको बताए ।

‘अहिले नेपालको कुल ग्राहस्थ उत्पादनको २.२ प्रतिशत योगदान आइसिटी क्षेत्रको छ । अब यो संख्या बढेर २०-३० प्रतिशतमा जानुपर्छ,’ उनले भने ।

डिजिटल नेपालका लागि आईटी उद्योग महत्वपूर्ण भएको उनको भनाइ छ । आईटीका कर्मचारीलाई लक्षित लेबर नीतिको अभाव रहेको र त्यसलाई सम्बोधन गर्न नयाँ नीति बनाउनु पर्ने बताए ।

ट्याक्स होलिडे गर्नुपर्ने र आईटीको लागि छुट्टै सार्वजनिक खरिद ऐन बनाउनु पर्ने समेत बताए ।