कीवर्डहरू -

देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन 

देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन 

देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ उद्घाटन शत्रमा बोल्दै पुनले देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

वर्तमान युग सूचना प्रविधि र डिजिटल भएको र यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको बताए । थ्रिजी सेवा सुरू गर्ने नेपाल दक्षिण एशियामै पहिलो देशको भएको समेत उनले स्मरण गराए ।

‘सम्वृद्ध मुलुकले कुनै न कुनै खालको विज्ञान र प्रविधिको आविष्कार गरेका छन्,’ पुनले भने, ‘विज्ञान प्रविधिको आविष्कार गर्न नसकेका  मुलुकहरू विकसित भएका छैनन् ।’

मुलुकलाई सम्वृद्धितर्फ लैजान विज्ञान र प्रविधिको प्रयोगलाई जोड दिनुपर्ने उनको भनाइ छ । बिगतका क्रान्तिमा हुन नसकेको क्रान्ति २१ औं शताब्दीको सूचना प्रविधिले सम्भव बनाउँदै लगेको बताए । डिजिटल रूपान्तरण भनेको विकास र सम्वृद्धि पनि भएको उनको धारणा छ ।