कीवर्डहरू -

काठमाडौं महानगरका सबै भवनमा क्युआर कोड, सार्वजनिक सवारीको भाडा पनि विद्युतीय माध्यमबाटै

काठमाडौं महानगरका सबै भवनमा क्युआर कोड, सार्वजनिक सवारीको भाडा पनि विद्युतीय माध्यमबाटै

काठमाडौं महानगरपालिकाका सबै भवनमा अब क्युआर कोड अनिवार्य हुने भएको छ । आगामी आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाहले यस्तो बताएका हुन् ।

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न क्युआर कोड अनिवार्य गरिएको उनले बताए । त्यस्तै मेयर साहले महानगर अन्तर्गतका सबै सरकारी कार्यालयमा सीसीटिभी जडान गरिने जानकारी दिए ।

महानगरभित्र चल्ने सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा तिर्ने व्यवस्था गर्ने समेत उनले बताए ।
त्यस्तै उनले काठमाडौंका विभिन्न क्षेत्रमा वाईफाई पनि निःशुल्क प्रदान गर्ने घोषणा गरेका छन् ।