कीवर्डहरू -

सातै प्रदेशमा आईटीका सहसचिव राख्नुपर्छः प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट 

सातै प्रदेशमा आईटीका सहसचिव राख्नुपर्छः प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट 

प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विष्टले सातै प्रदेशमा आईटीका सह-सचिव राख्नुपर्ने बताएका छन् । आइसिटी फाउन्डेसनले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै सल्लाहकार विष्टले यस्तो बताएका हुन् ।

कम्तिमा पनि सातवटा प्रदेशमा आईटीका सातजना सह-सचिव हुनुपर्छ । अहिले एकजना कम्प्युटर अधिकृतको रूपमा एउटा प्रदेश चलिरहेको छ,’ उनले भने, ‘हामीले डिजिटल प्रदेश भन्छौं । तर एउटा कम्प्युटर अधिकृतको भरमा डिजिटल प्रदेश बन्छ त ।’

एकजना कम्प्युटर अधिकृत प्रदेशको हाकिम भएर आईटीको सबै योजना बनाउन सक्नु हुन्छ त ? भन्दै उनले प्रश्न गरे ।

‘आईटीलाई अहिले प्रशासन सेवा अन्तर्गतको विविध सेवामा राखिएको छ । जबसम्म आईटी प्रशासन सेवाको विविध सेवामा हुन्छ, तबसम्म सरकारभित्रको ह्युमन रिसोर्सको विकास कसरी हुन्छ ,’ विष्टले भने ।

ह्युमन रिसोर्स धेरै विकास भएपनि म्यापिङ नभएको उनले बताए । विश्वविद्यालयबाट निस्कने ग्राजुएटहरूको एउटा डाटाबेस बनाउनु पर्ने पनि उनको भनाइ छ ।

‘नेपालमा उत्पादन भएका मानिसलाई जोडौं । नेपालमा भएकाको डाटाबेस तयार गरौं । उनीहरूलाई ट्रेन गरौं,’ विष्टले थपे, ‘विदेशमा भएकालाई नेपालकोसँग जोडौं । उसले कसरी राम्रो सफ्टवेयर बनाउने भनेर सिकाउँछ । अहिले स्वभाविक रूपमा यो भइरहेको छ । यसलाई सरकारले मिसनको रूपमा लिनुपर्छ ।’