कीवर्डहरू -

ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको जेठमा कुनै प्रगती भएन, ३४ वडामा इन्टरनेट पुग्न बाँकी 

ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको जेठमा कुनै प्रगती भएन, ३४ वडामा इन्टरनेट पुग्न बाँकी 

जेठ महिनामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार कुनै पनि प्रगति नभएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने परियोजनाको जेठ महिनामा कुनै प्रगति नभएको देखिएको हो ।

प्राधिकरणले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार जेठ मसान्तसम्म ९९.७९ प्रतिशत काम सम्पन्न भएको छ । गत वैशाखमा पनि यतिनै प्रगति भएको थियो । त्यसअनुसार ब्रोडब्याण्ड परियोजनामा जेठ महिनामा कुनै काम भएको छैन् ।

ब्रोडब्याण्ड इन्टरनेट सबै स्थानीय तहका कार्यालय, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा पुगिसकेको छ । अब ३४ स्थानीय तहका वडा कार्यालयमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ ।

प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरेर ब्रोडब्याण्ड इन्टरनेट परियोजनालाई १८ वटा प्याकेजमा विभाजन गरेको थियो । देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तारका लागि प्रतिस्पर्धाबाट प्राधिकरणले विभिन्न सेवा प्रदायक छनोट गरेको थियो ।