कीवर्डहरू -

पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने

पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने

राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभियान अन्तर्गत विद्यार्थीलाई पठाओमा राइडर बन्न कुनै शुल्क लाग्ने छैन् ।

विद्यार्थीहरूमा ‘पढ्दै कमाऊ र आत्मनिर्भर बनौं’ भन्ने भावना जागृत गर्न अभियान सुरू गरेको कम्पनीले जनाएको छ ।

पठाओमा आफ्नो सवारी दर्ता गर्न दुई पांग्रे सवारीको लाइसेन्स र ब्लुबुक आवश्यक पर्नेछ । त्यस्तै आफु पढिरहेको स्कुल/कलेजले जारी गरेको परिचयपत्र र अन्य जरूरी कागजात आवश्यक पर्ने पठाओको भनाइ छ ।