कीवर्डहरू -

आईएमई पेबाट फ्लाइट टिकट काट्दा ३०० रूपैयाँ बोनस

आईएमई पेबाट फ्लाइट टिकट काट्दा ३०० रूपैयाँ बोनस

आइएमई पेले हवाई फ्लाइट टिकटमा फेरि नयाँ अफर ल्याएको छ । ‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ अफर अन्तर्गत यात्रुहरुले मंगलबार र शनिबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याक पाइने छ ।

यसका साथै थप ३०० रूपैयाँ बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ । यस अफर अवधिभरि हप्ताको २ दिन (मंगलबार र शनिबार) १ घण्टाको लागि सो अफर मार्फत थप ३०० रूपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीको भनाइ छ ।

असार ७ गतेदेखि शुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने छ ।