कीवर्डहरू -

ओप्पो ए १६ के नेपाली बजारमा, कति छ मूल्य ?

ओप्पो ए १६ के नेपाली बजारमा, कति छ मूल्य ?

ओप्पो ए १६ के नेपाली बजारमा सार्वजनिक भएको छ । ३ जीबी र्‍याम र ३२ जीबी रोम र ४ जिबी र्‍याम र ६४ जीबी रोम लार्ज मेमोरी र स्टोरेजका बजारमा उपलब्ध भएको छ ।

३ जीबी भेरियन्टको मूल्य १५ हजार ९९० रूपैयाँ र ४ जीबी भेरियन्टको मूल्य १७ हजार ९९० रूपैयाँ कायम गरिएको छ ।

पछिल्ला केही बर्षहरुमा, प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको छ । अग्रणी प्रविधिहरुका साथ ओप्पो सबैका मागहरु पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

ओप्पोले थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिश र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए१६के को १६.६६ से.मी. ६.५२ एचडी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित  डिस्प्लेको साथ अपग्रेड गरिएको छ ।

यो ४२३० एमएएच लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ । यो फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाईट फिल्टर सुविधा थप गरिएको छ ।

यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा १३ एमपी मुख्य क्यामेरासहित ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ ।

३ जीबी र्‍याम भएको ओप्पो ए १६ केको मूल्य १५ हजार ९९० रूपैयाँ र ४ जीबी र्‍याम रहेको फोनको मूल्य १७ हजार ९९० रूपैयाँ तोकिएको छ ।