कीवर्डहरू -

अमेरिकामा गर्भपतनको अधिकार खोसिएपछि एनोनोमस मोड ल्याउँदै महिनावारी ट्रयाक गर्ने एप फ्लो

अमेरिकामा गर्भपतनको अधिकार खोसिएपछि एनोनोमस मोड ल्याउँदै महिनावारी ट्रयाक गर्ने एप फ्लो

महिनावारी ट्रयाक गर्ने एप फ्लोले एनोनिमस मोडको फिचर सार्वजनिक गर्ने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार खोसिदिएपछि फ्लोले एनोनोमस मोडको फिचर सार्वजनिक गरेको हो ।

प्रयोगकर्ताहरुको गोपनीयता बचाउँन र महिलाको आफ्नो शरीर माथिको अधिकार खोसिएको निर्णय विरुद्ध उठ्नका लागि फ्लोले यो फिचर सार्वजनिक गरेको हो ।

यो फिचर कस्तो किसिमको हुनेछबारे केही पनि जानकारी रहेको छैन् । महिनावारी ट्रयाक गर्ने एपको डेटा प्रयोग गरेर कसले गर्भपतन गर्न खोजेको छ भन्ने कुरा थाहापाउने हुन्दा फ्लोले यो उपाय छानेको हो ।