कीवर्डहरू -

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा, कति छ मूल्य ?

भिभो वाई ५५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । ५० मेगापिक्सेल एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरासहित भिभो वाई ५५ नेपालमा भित्रिएको हो ।

फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्छ ।

वाई ५५ मा कम पावर खपत गर्ने शक्तिशाली क्वालकम स्न्याड्रयागन ६८० प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।

फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ भने डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।