कीवर्डहरू -

बगभीले पायो ‘स्टार्टअप अफ द एयर’ अवार्ड

बगभीले पायो ‘स्टार्टअप अफ द एयर’ अवार्ड

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्टमा नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म बगभी ‘स्टार्टअप अफ द एयर’ अवार्डबाट सम्मानित भएको छ ।

शनिबार द सोल्टी काठमाडौंमा आयोजना भएको फेस्टमा बगभी सफ्टवेयर टेक्नोलोजीज प्रालिलाई ‘स्टार्टअप अफ द एयर’ अवार्ड प्रदान गरिएको हो ।

बगभी यसअघि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ बाट समेत सम्मानित भएको थियो ।  बगभी नेपालको पहिलो बग बाउन्टी प्लेटफर्म हो । डेढ वर्षको मिहिनेतपछि बगभी सन् २०२० मा सार्वजनिक भएको थियो ।

बगभीमा आवद्ध भएर कम्पनीले आफ्नो सिस्टमको सुरक्षा परीक्षण गर्न सक्छन् । बगभीमा अहिले नेपालसहित विश्वभरबाट ३ हजार बढी साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् ।