कीवर्डहरू -

ह्याकिङ टुल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी हुँदैछः गूगल

ह्याकिङ टुल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी हुँदैछः गूगल

ईटालीमा आधारित रहेको एक कम्पनीले ह्याकिङ टूल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको गूगलले बताएको छ ।

गूगलका अनुसार ईटाली र काजकिस्तानका आईफोन र एन्ड्रोइड फोनमा जासुसी भईरहेको हो । यो टूल आरसिएस ल्याबले बनाएको ठहर छ । यो टूल प्रयोग गरेर मान्छेहरुको निजी मेसेज र कन्ट्याक्टमा जासुसी गर्ने गरेको पाइएको छ ।

आरसिएस ल्याबले बनाएको स्पाईवेयरले विभिन्न उपायहरु अपनाएर जासुसी गरेको पाइएको छ, जसमध्ये एउटा ड्राइभ बाई डाउनलोड पनि रहेको छ । यो स्पाईवेयर मान्छेहरुलाई मेसेज वा लिकंमा क्लिक गर्न लगाएर फैलिरहेको छ । स्पाईवेयरलाई हर्मिटमा परिणत गरेर प्रयोगकर्ताहरुलाई संक्रमित गर्ने गरेको पाइएको छ ।

गत वर्ष एनएसओको पेगासस टूलमार्फत विभिन्न साइबर हमलाहरु हुँदानै विज्ञहरु स्पाइवेयरको बढ्दो बजारबारे अवगत भएका थिए र यसपालिको फोनमा हुने जासुसीको खबरले यस तथ्यमा झनै प्रकाश पारेको छ ।

टूल प्रयोग गरेर विशेषगरी पत्रकार, व्यवसायी, विज्ञ र सरकारी कर्मचारीहरुलाई जासुसी गरिने गरेको पाइएको छ ।