कीवर्डहरू -

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूम अब सुर्खेतमा

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूम अब सुर्खेतमा

विद्युतीय स्कुटर लेभ्निङको नयाँ शोरूमा सुर्खेतमा उद्घाटन हुने भएको छ । मंगलबार दिउँसो मिस इन्टरनेसनल २०१७ की विजयी नीति शाह र विरेन्द्र नगरपालिकाका मेयर मोहन माया ढकालले संयुक्त रूपमा उक्त शोरूमको उद्घाटन गर्नेछन् ।

लेभ्निङ स्कूटर सुर्खेतको लागि आधिकारिक बिक्रेता श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ ।  लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजीबाट निर्मित लेभ्निङ ब्राण्डका स्कटर नेपालमा बिक्री वितरण हुँदै आएको छ ।

बज्र ग्रुपको इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्निङ स्कुटर बिक्री गर्दै आएको छ । शोरुम उदघाटन हुने दिन सुर्खेतलाई इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिने बताइएको छ ।