कीवर्डहरू -

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने

फेसबुकको भिडियो एप अब एप्पल टिभीमा उपलब्ध नहुने भएको छ । स्मार्ट टिभीका लागि रहेको फेसबुकको एप जसले भिडियो, शो र लाइभस्ट्रीहरु हेर्न दिने गर्दछ ।

नयाँ अपडेट आएपछि केही प्रयोगकर्ताले एप्पल टिभीमा फेसबुकको भिडियो एप प्रयोग गर्न पाएका छैनन् । फेसबुक वाच टिभी इज नो लंगर एभाइलेबल भनेर प्रयोगकर्ताहरुलाई मेसेज आउने गरेको पाइएको छ ।

फेसबुक वाच टिभी कम्पनीले सन् २०१७ मा रोलआउट गरेको थियो । केहीले पछिल्लो अपडेटले ग्लीच ल्याएको पनि विश्वास गरेका छन् । यस बारेमा एप्पल वा फेसबुकले केही पनि बताएको छैन् ।