कीवर्डहरू -

नेपाल टेलिकमको सिमबाट एनआईसी एसिया बैंकको एप र वेबसाइट निःशुल्क चलाउन सकिने

नेपाल टेलिकमको सिमबाट एनआईसी एसिया बैंकको एप र वेबसाइट निःशुल्क चलाउन सकिने

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप र वेबसाइट नेपाल टेलिकमको सिमबाट निःशुल्क चलाउन सकिने भएको छ । मोबाइल एप, वेबसाइट तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने गरी बैंक र टेलिकमबिच सम्झौता भएको हो ।

यसअघि एनसेल नेटवर्कबाट पनि पनि एनआइसी एसिया बैंकको एप, आइसर्भिस, वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधा निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको थियो।

अब एनसेल र नेपाल टेलिकमक दुबै प्रयोगकर्ताले निःशुल्क चलाउन सक्ने छन्। डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उदेश्यले यो सुविधा ल्याइएको हो ।

यी बाहेक अन्य सेवा लिँदा वा डिभाइसको ब्याकग्राउण्ड चल्न सक्ने अन्य एपहरुको हकमा दूरसञ्चार सेवाप्रदायक कम्पनी नियमअनुसार शुल्क लाग्ने छ।