कीवर्डहरू -

अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको आग्रह

अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न आग्रह गरेको छ । एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी स्वीकृति नलिएर प्रयोग नगर्न आग्रह गरेको हो ।

विभिन्न व्यक्ति तथा संस्थाहरुले दूरसञ्चार सेवामा प्रयोग हुने एल सिक्स गीगाहर्ज (५.९२५ गीगाहर्जदेखि ६.४२५ गीगाहर्जसम्म)  ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने भन्ने बुझिएकोले कसैले पनि स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न नगराउन प्राधिकरणले सूचित गरेको छ ।

प्राधिकरणबाट अनुमति प्राप्त नगरी अनधिकृतरुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाईएमा दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

साथै अनुमति नलिएर गैरकानुनी रूपमा  कसैले फ्रिक्वेन्सी प्रयोग गरेको थाहा भएमा जानकारी दिन समेत प्राधिकरणले अनुरोध गरेको छ ।