कीवर्डहरू -

दराज समिट सुरू

दराज समिट सुरू

दराज समिट सुरू २०२२ भएको छ । काठमाडौं याक एण्ड यति होटलमा दराजको वार्षिक कार्यक्रम ‘दराज समिट’ सुरू भएको हो । ई-कमर्शको विकास र विस्तार बारे समिटमा छलफल हुनेछ ।

समिटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, प्रधानमन्त्रीका आईटी सल्लाकार दिपेश विष्ट, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव गोबिन्द कार्की, नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव अनिल दत्त, सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा ई-कमर्स बारे ३ वटा सेसन आयोजना हुनेछन् । पहिलो सेसन फ्रम कन्भेसनल कमर्स इन नेपाल विषयमा हुनेछ । यसमा चार जना प्यानेलिस्ट रहेका छन्, जसमा नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक,गुरु प्रसाद पौडेल, द्वारिका होटलका मालिक अम्बिका श्रेष्ठ, सिएएस सोलुसन र सिल्वर लाइनिङका प्रबन्ध निर्देशक ओमेश लाल श्रेष्ठ र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमका सीईओ सञ्जीव सुब्बा रहेका छन् । यस सेसनको सहजकर्तामा ब्लिज मिडियाकी सह-संस्थापक जुना माथेमाले गर्ने छन् ।

\"\" दोस्रो सत्र ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एन्ड कमर्स फर डिजिटल इकोनोमी’ मा चारजना प्यानल रहेका छन्, जसमा उद्योग विभागका निर्देशक सुरेश श्रेष्ठ, हाम्रो पात्रोका सीईओ शंकर उप्रेती, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर आयुष श्रेष्ठ र ओहो केक एन्ड अफरिङ ह्यापिनेसका सह–संस्थापक सन्तोष पाण्डे रहेका छन् । यस सेसनको सहजकर्तामा आइसिटी विज्ञ हेमपाल श्रेष्ठले गर्नेछन ।

तेस्रो सत्र ‘ब्लेण्डिङ अफ द मार्केट प्लेस एन्ड कमर्स फर डिजिटल इकोनोमी’ सेसनमा सहभागी हुनेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्की रहेका छन् ।

वर्ल्डलिंक कम्युनिकेसन्सका दिलीप अग्रवाल, नेप्सका सीईओ सञ्जिब सुब्बा र दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर पनि रहेका छन् । यस सेसनको सहजकर्तामा टेन्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्यले गर्नेछन् ।