कीवर्डहरू -

५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गर्ने रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति छ मूल्य ?

५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज गर्ने रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति छ मूल्य ?

साओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रोमा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ साओमीले रेड्मी नोट ११ प्रो सार्वजनिक गरेको हो ।

क्यामेराको सन्दर्भमा रेड्मी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ ।

हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि  १०८ मेगापिक्सेल मेन क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८ डग्री भ्युइङ्ग एंगल, २ मेगापिक्सेल  म्याक्रो क्यामेरा, २ मेगापिक्सेलको देप्थ क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा फोनमा समावेश गरिएको छ ।

रेड्मी नोट ११ प्रोमा पावर अपको लागि मिडियाटेक हेलियो जि ९६ प्रोसेसर रहेको छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसलाई ६७ वाटको टर्बो चार्जिङले  १५ मिनेटमै ५१ प्रतिशत सम्म चार्ज गर्न सक्छ ।

यसमा २० हर्ज डिस्प्ले रिफ्रेस रेटको साथ ६.६७ इन्च एएफएचडी एएमओएलईडी डटडिस्प्ले रहेको छ । रेडमी नोट ११ ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमा उपलब्ध छ ।

फोन ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज र ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३४ हजार ९९९ रूपैयाँ र ३६ हजार ९९९ रूपैयाँ  रहेको छ ।