कीवर्डहरू -

आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गर्दा बीगमार्टमा २५०० सम्म छुट

आईएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गर्दा बीगमार्टमा २५०० सम्म छुट

आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिनेछ ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट (अधिकतम रू. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम रू.२५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।