कीवर्डहरू -

असार अन्तिम साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी, निमा एकेडेमी एपबाट पनि थाहा पाउन सकिने

असार अन्तिम साता एसईईको नतिजा प्रकाशन गर्ने तयारी, निमा एकेडेमी एपबाट पनि थाहा पाउन सकिने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार अन्तिम साता आउने जानकारी दिएको छ । नतिजा प्रकाशन हुने भएकाले विद्यार्थी, शिक्षक र अभिभावकहरु पनि निकै उत्साहित देखिएका छन् ।

नतिजा प्रकाशन हुनसाथ् पहिलो २४ घण्टामा हुने हतारो र सिस्टम भारले गर्दा समयमै आफ्नो नतिजा थाहा पाउन नसक्ने सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गर्दै नीमा एकेडेमी एपले एकदमै छिटो र सरल उपायबाट थाहा पाउने संयन्त्र बनाएको छ ।

विधार्थीले आफ्नो विवरण (जन्ममिति र सिम्बोल नम्बर)  नीमा एकेडेमी एपमा  दर्ता गराउनु पर्नेछ र  नतिजा  प्रकाशन हुनसाथ् आफै उनीहरुको  मोबाईलमा नोटिफिकेसन जाने कुरा नीमा एकेडेमीका सीईओ निश्चल मान प्रधानले बताए ।
त्यसका लागि प्ले स्टोरमा निमा एकेडेमी एप डाउनलोड गर्नुहोस् । अनि साइन अप गर्नुहोस् वा एपमा लगइन गर्नुहोस् । त्यसपछि ‘एक्जाम रिजल्ट भ्यु’ खण्डमा जानुहोस् र आफ्नो जन्ममिति तथा सम्बोल नम्बर दर्ता गर्नुहोस् ।

यसो गरे पश्चात नतिजा प्रकाशन भएको केहि बेरमै नीमा एकेडेमी एपको माध्यमबाट परीक्षार्थीको मोबाईलमै नतिजा पुग्ने कम्पनीले जानकारी दिएको छ ।