कीवर्डहरू -

प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त

प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको दुईओटा रिक्त पदमा सदस्य नियुक्त भएका छन् । मन्त्रीपरिषदले प्रविधि तर्फ रविन्द्र झा र लेखातर्फ गोकर्णप्रसाद सिटौला नियुक्त भएका हुन् ।

चैत्र १४ गते बसेको मन्त्रीपरिषद् वैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।

सोही समितिले जेठ ५ गते एक सूचना प्रकाशित गर्दै बोर्डको प्राविधिक तथा लेखाका लागि दुई सदस्यका लागि दरखास्त आह्वान गरेको थियो ।

उक्त पदका लागि २० जनाले आवेदन दिएका थिए । आवदेन दिएका मध्ये समितिले ६ जनाको नाम सिफारिस गरी मन्त्रीपरिषद्मा पठाएको थियो ।

तीमध्येबाट मन्त्रीपरिषद्ले प्रविधितर्फ झा र लेखातर्फ सिटौलालाई नियुक्त गरेको हो । बोर्ड सदस्यमा नियुक्त भएका दुवै नेपाल टेलिकमका पूर्व नायव प्रवन्ध निर्देशक हुन् ।