कीवर्डहरू -

दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न

दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न

दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन असार १९ गते याक एण्ड यति होटल काठमाडौंमा आयोजना गरेको छ । एक दिनको उक्त कार्यक्रममा तीन फरक प्यानलहरु रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल सहभागी थिए भने विशेष अतिथिको रूपमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई-कमर्सबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको बताएकी थिइन् । यसै सन्दर्भमा उनले दराज ‘परिवर्तनको एक सक्रिय च्यानल’ हुन खोजेको पनि जानकारी दिइन् ।

तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई-कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयमा सरोकारवालासहित प्यानल छलफल भएको थियो ।

विगत चार वर्षमा दराजले नेपालमा सेवा प्रदान गर्दै आएको स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजार स्थान बनाउन सफल भएको छ ।

१५ हजारभन्दा बढी बिक्रेताहरू, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमा क्रान्तिकारी परिवर्तन गरेको छ ।