कीवर्डहरू -

आईतबारदेखि एक्सन स्पोर्ट्स च्यानलमा चाईनिज सुपर लिग

आईतबारदेखि एक्सन स्पोर्ट्स च्यानलमा चाईनिज सुपर लिग

आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् च्यानेलमा चाईनिज सुपर लिग हेर्न पाउने छन्। सुपर लिग नेपाली समय अनुसार आईतवार ४ः१५ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् भने सोमबार ५ः१५ मा सेञ्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्टसंग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।

चार चरणमा विभाजन गरि खेलाईएकोे सुपर लिगमा क्रमशः १०, ८, ८ र ८ राउण्ड खेल हुनेछ। आईतबारदेखि पहिलो चरणको १०औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन्।

विश्वकप, युरोपियन  लिग, लगाएत अन्य  लिगहरु  रुचाउँदै  आएको नेपाली फुटबलप्रेमी  दर्शकहरुलाई चाईनिज सुपर लिग नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका  सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिष्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ ।