कीवर्डहरू -

प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, डिम्याट, मेरो शेयरदेखि भिडियो केवाईसीसम्मको सुविधा

प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, डिम्याट, मेरो शेयरदेखि भिडियो केवाईसीसम्मको सुविधा

प्रभु क्यापिटलले प्रभु क्यापिटल मोबाइल एप सार्वजनिक गरेको छ । सबै सेवाहरु एकै प्लेटफर्मबाट दिनेगरी मोबाइल एप सार्वजनिक भएको हो ।

सो मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो शेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि रहेको छ ।

यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको छ ।

ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसि सम्पन्न गर्न सक्ने कम्पनीले जनाएको छ ।