कीवर्डहरू -

आफ्नो चिप प्रयोग नगरेर पुनःक्वालकमकै चिप प्रयोग गर्दै सामसङ

आफ्नो चिप प्रयोग नगरेर पुनःक्वालकमकै चिप प्रयोग गर्दै सामसङ

सामसङले आफ्नो आगामी ग्यालेक्सी एस फ्ल्यागशीपको विश्वव्यापी फोनमा एक्सीनोस चिप प्रयोग नगर्ने भएको छ । एक्सीनोस चिप सामसङको आफ्नै चिप हो ।

कम्पनीले ग्यालेक्सी एस सिजिका लागि क्वालकमकै सिंगल सोर्स चिप प्रयोग गर्ने भएको छ । अहिलेसम्म कम्पनीले आफ्नो फोनमा दुवै क्वालकम र एक्सीनोस चिप प्रयोग गर्दै आएको छ ।

क्वालकमले एप र गेमहरुमा राम्रो अनुभव दिएको पाइएको  छ । एक्सीनोस चिप राम्रो भन्दै आएता पनि अब कम्पनीले वास्तविकतालाई अंगाल्ने सोचेको छ ।

त्यस कारण फेरि कम्पनीले क्वालकम नै प्रयोग गर्न थालेको हो । अहिलेसम्म एन्ड्रोइड बजारमा क्वालकमले नै वर्चस्व जमाएको छ ।