कीवर्डहरू -

रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर

रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर

रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ रग्ड एप्पल वाच सार्वजनिक‍ गर्दैछ ।

टिपेस्टरका अनुसार यसको मूल्य अहिले रहेको आईफोन १३ प्रो सरहनै पर्नेछ । यो घडी खेलाडीहरुलाई लक्षित गरेर बनाइने छ, जसमा अहिलेसम्मकै एप्पल स्मार्टवाचमा भएको सबैभन्दा ठूलो स्क्रीन, राम्रो ब्याट्री र फलामको बाहिरी भाग हुनेछ ।

यो एप्पल वाचको कोड नाम एन १९९ रहेको छ र यसलाई वास्तविक रुपमा एप्पल वाच एक्सट्रीम, एप्पल वाच म्याक्स, एप्पल वाच एक्सप्लोरर एडिसन वा एप्पल वाच प्रो नाम दिइनेछ ।

यसमा ४१० बाई ५०२ को रिजोल्युसन हुनेछ । वाचमा धेरैजसो फिटनेस मापन गर्ने उपकरणहरुनै हुेनछन् । टिप्स्टरको अनुसार एप्पलको वाच सिरिजको मूल्य ८४९ डलरबाट सुरु हुने गर्दथ्यो । त्यस कारण यो नयाँ मोडेलको मूल्य ९०० देखि ९९९ डलरको बिचमा हुन सक्नेछ ।