कीवर्डहरू -

नेपाली बजारमा ओप्पोका २ नयाँ स्मार्टफोन सार्वजनिक हुँदै

नेपाली बजारमा ओप्पोका २ नयाँ स्मार्टफोन सार्वजनिक हुँदै

ओप्पोले नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ। चाँडऔ नै यी फोन नेपालमा सार्वजनिक हुने ओपो नेपालले जानकारी दिएको छ ।

यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीको भनाइ छ ।

ओप्पो ए-५७ र ओप्पो ए-७७ दुवैको बाहिरी आवरण र डिजाइनिङ आकर्षक छ। यी फोनहरूको कार्यक्षमता मनोरञ्जनका साथै उत्कृष्ट फोटोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनिको भनाइ छ।

ओप्पो ए-सिरिजहरू ओप्पोको एन्ट्री-लेभल मिड-रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो संस्करणमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो संस्करणको तुलनामा केही सुधार गरिएको छ।

यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल-डाउन टेक्नोलोजी प्रयोग गरिएको छ। डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड-रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो। यस मोडेलहरूमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहरू पनि राखिएको छ।

कम्पनीले हालसम्म नेपालमा ओप्पो ए-७७ र ओप्पो ए-५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन। यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुने बताइएको छ।