कीवर्डहरू -

जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?

जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?

जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठमा क्युआर कोडबाट ११ अर्ब बढीको कारोबार भएको हो ।

गत वैशाखमा भने क्युआर कोड स्क्यान गरेर १० अर्ब १९ करोड १० लाख रूपैयाँ भुक्तानी भएको थियो । एक महिनामा क्युआरबाट हुने कारोबार ८२ करोडले वृद्धि भएको छ ।

तथ्यांकअनुसार जेठ महिनामा डिजिटल माध्यमबाट हुने कारोबारमा वृद्धि आएको छ । जेठमा डिजिटल वालेटबाट १५ अर्ब ९६ करोड ७० लाख कारोबार भएको छ भने मोबाइल बैंकिङबाट १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रूपैयाँ कारोबार भएको छ ।

त्यसैगरी जेठमा इन्टरनेट बैंकिङबाट १२ अर्ब १५ करोड ६० लाख रूपैयाँको कारोबार भएको तथ्यांकमा उल्लेख छ ।