कीवर्डहरू -

आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका

आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका

निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सहज बनाउन विभागले अनलाइनबाटै मतदाता दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

त्यसका लागि आयोगले वेबबेस्ट भोटर लिस्ट प्रि-रजिस्ट्रेसन सिस्टम तयार गरेर  काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु गरेको जनाएको  छ ।

फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आजदेखि आफ्नो नामावली दर्ता गर्न चाहेमा आयोगको वेबसाइट मा गएर व्यक्तिगत विवरण भरेर काठमाडौं उपत्यकाका ३ जिल्लामा अनलाइनबाटै पेश गर्न सक्ने छन् ।

अनलाइन फाराम भरेपछि उल्लेखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाणपत्र लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्नेछ ।

\"\"