कीवर्डहरू -

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । यस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ र राम पुकार महतो बन्न सफल भएका छन् ।

दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ  र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।

जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काट्ने यात्रुहरु मध्य योजना अवधिभर हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले सुनको सिक्का जित्न सफल हुन्छन् ।