कीवर्डहरू -

क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

क्यानस शहरमा विश्वकै ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्दै पानासोनिक

पानासोनिकले क्यानसस सहरमा विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडीको ब्याट्री उद्योग खोल्ने भएको छ । अमेरिकाको क्यान्सस सहरसँग पानासोनिकले ४ बिलियन डलरको सम्झौता गरेको छ ।

कम्पनीले ब्याट्री उद्योग निर्माण र सञ्चालन गर्न विश्वकै सबैभन्दा ठूलो विद्युतीय गाडी ब्याट्रीको उद्योग खोल्न लागेको हो । यो ठाउँ डि सोटा सहर नजिकै छ ।

यस उद्योगले अमेरिकामा ८ हजार रोजगारी सिर्जना गर्नेछ । यो प्लान्टले टेस्लाका लागि धेरै क्षमता भएको ब्याट्री निर्माण गर्नेछ ।

पानासोनिकल यसअघि पनि टेस्लासँग मिलेर रेनो, नेभाडा गिगाफ्याक्ट्रीमा काम गर्दै आएको छ । यसले निर्माणको क्रममा पनि १६ हजार ५०० लाई रोजगारी सिर्जना गर्नेछ ।