कीवर्डहरू -

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा

आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा

एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले एकल विन्दु सेवालाई पूर्ण अटोमेसनमा लैजाने आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन काम सम्पन्न नभएको देखाएको हो ।

सरकारले उद्योग वा लगानीकर्तालाई प्राप्त हुने छुट, सुविधा वा सहुलियत र उद्योगका लागि  आवश्यक पर्ने पूर्वाधार सम्बन्धि सेवा समयमै सरल र सहजरूपमा एकैठाउँबाट उपलब्ध गराउन एकल विन्दु सेवा स्थापना भएर सञ्चालनमा आएको छ ।

तर एकल विन्दु सेवा सञ्चालनमा आएपनि पूर्ण अटोमेसनमा लैजान आवश्यक सफ्टवेयरको विकास र डुकुमेन्ट डिजिटाइजेसनको काम नहुँदा सेवा प्रभावकारी नभएको महालेखाको ठहर छ ।